काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
मंसिर २४ गते बसेको इन्स्योरेन्सले सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।
इन्स्योरेन्सले प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
