काठमाडौँ । हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरण फर्किएका छन् । उनले बुधबार प्राधिकरणको कार्यकारी निर्देशकको पद बहाली गरेका छन् । सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि शाक्यले बुधबार प्राधिकरण पुगेर पदबहाली गरेका हुन् ।
शाक्यलाई कार्यालयमा कर्मचारीहरुले स्वागत गरेका छन् । पद बहाली गर्दै शाक्यले आफुलाई अदालतले न्याय दिएको बताए । आफुले दुई पटक गरेर ६/६ महिना काम गरेको र यस पटक करिब साढे ३ वर्ष काम गर्न पाउने र यस अवधिमा प्राधिकरणलाई र देशलाई उर्जाको आत्म निर्भर बनाउने बताए ।
शाक्यले उर्जामन्त्री कुलमान घिसिङसँग मिलेर काम गर्ने बताए । उनले लोडसेडिङ हटेको भए पनि प्राधिकरणमा ठुलो चुनौती रहेको बताउदै उर्जा भनेको अर्थतन्त्रकै ड्राइभर भएकाले यसलाई व्यवस्थित गरेर जाने बताए ।
