बैंकको खबर । वाणिज्य बैंकहरुले अहिलेसम्म संकलन गरेको निक्षेप ६८ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार मंसिर १९ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ६८ खर्ब रुपैयाँ र कुल ऋण लगानी ५० खबए ३६ अर्ब रुपैयाँ छ ।
सबै बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपको आकार भने ७५ खर्ब ५६ अर्ब रुपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीहरुले मंसिर १९ गतेसम्म ७ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
बैंकिङ प्रणालीमा अहिले ११ खर्ब ४० अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ । यसमध्ये वाणिज्य बैंकहरुमा मात्रै १० खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ ।
बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.०८ प्रतिशत छ । यस्तै अन्तरबैंक ब्याजदर २.७२ प्रतिशत छ ।
