बैंकको खबर । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह न्यून हुँदा प्रणालीमा लगानीयोग्य रकम थुप्रिएर ११ खर्ब रुपैयाँ नाघेको छ । यसले प्रणालीमा नगद प्रवाह बढाएको छ । जसको नियन्त्रणका लागि केन्द्रीय बैंकले लगातार निक्षेप संकलन उपकरणमार्फत पैसा प्रशोचन गर्दै आएको छ ।
राष्ट्र बैंकले आज बुधवार पनि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ लैजाने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै १८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत सो रकम दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले आजै दिउँसो २ बजे बोलकबोल गर्न सकनेछन् । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ।
राष्ट्र बैंकले यो निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी पुस १३ गते हुने जनाएको छ ।
