बैंकको खबर । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै आजदेखि (मंसिर २५ गते बिहीबार) आईपीओ निष्काशन गरेको छ ।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँका १७ लाख २३ हजार ८८० कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर विदेशमा काम गर्न पुगेका नेपाली नागरिकलाई छुट्याएको छ ।
शेयर खरिद गर्न इच्छुक वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ता देखि अधिकतम २५ हजार कित्तासम्म मंसिर २९ गतेभित्र आवेदन दिन सक्नेछन् । सो अवधिसमम माग भएजति आवेदन नपरेमा निष्काशन अवधि पुस १० गतेसमम लम्बिने बैंकले जनाएको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
आवेदकहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन्।
