काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।
मंसिर २५ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
