काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर २४ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
