बैंकको खबर । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर २५ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
१५ प्रतिशत लाभांश मध्ये १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश रहेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
