बैंकको खबर । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
मंसिर २४ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ६.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।
सञ्चालक समितिको सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
