बैंकको खबर । महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १०.३७ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव वार्षिक साधारणसभामा लगेको थियो ।
साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमबार काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो।
सभाले बैंकको आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति समेत निर्वाचित गरेको छ। नियमावली बमोजिम भएको निर्वाचनबाट संस्थापक समूहतर्फ राजेश उपाध्याय, सञ्जय गिरी र ग्रोइङ्ग प्रालिको तर्फबाट सागर मल्ल निर्वाचित भएका छन्। त्यस्तै, सर्वसाधारण समूहतर्फ श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र शालिकराम अर्याल निर्वाचित भएका छन्।
नवनिर्वाचित सञ्चालक समितिको सोमबार नै बसेको पहिलो बैठकले राजेश उपाध्यायलाई सञ्चालक समितिको अध्यक्षमा पुनः चयन गरेको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरिएको छ।

Leave a comment