Home प्रमुख खबर वाणिज्य बैंकहरुले १० महिनामा कमाए ४७ अर्ब ७९ करोड
प्रमुख खबरबैंक वित्त

वाणिज्य बैंकहरुले १० महिनामा कमाए ४७ अर्ब ७९ करोड

Share
Share

२०८२ जेठ ३० गते शुक्रबार । 

बैंकको खबर । वाणिज्य बैंकहरुले यस आर्थिक वर्षको पहिलो १० महिनामा ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन एक वर्षअघिको तुलनामा १.६७ प्रतिशत कम हो । गत आर्थिक वर्षको १० महिनामा बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ कमाएका थिी ।

यस आर्थिक वर्षको १० महिनामा १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ । 

सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले ५ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । नबिल पछि ग्लोबल आइएमई बैंकले धेरै कमाएको छ । ग्लोबल आइएमईले ५ अर्ब ३५ करोड रुपैयाँ कमाएको छ । त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड रुपैयाँ कमाएको छ । 

सबैभन्दा कम एनआईसी एसिया बैंकले चार करोड ७८ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । 

पछिल्लो समय खराब कर्जा बढ्दै गएपछि अधिकांश बैंकहरुको नाफामा दबाब परेको देखिन्छ । आम्दानी गरेको रकममध्ये ठूलो हिस्सा खराब कर्जाका लागि प्रोभिजन गर्नुपरेपछि नाफामा दबाब परेको हो । 

                               20 Commercial Banks in Nepal by Net Profit (Rs. in Million)

SN

Commercial Banks                         

2081/82 Baisakh

2080/81 Baisakh

1

Nabil Bank

5,603.91

5,462.56

2

Global IME Bank

5,355.41

1,503.23

3

Nepal Investment Mega Bank

5,020.83

3,771.03

4

Everest Bank Limited

3,903.30

2,980.35

5

Nepal Bank Limited

3,288.77

590.32

6

NMB Bank Limited

2,625.49

2,487.31

7

Prime Commercial Bank

2,585.59

3,225.75

8

Standard Chartered Bank Nepal

2,346.54

2,665.86

9

Laxmi Sunrise Bank

2,156.54

1,956.96

10

Siddhartha Bank

2,011.10

1,977.72

11

Prabhu Bank

2,001.40

2504.62

12

Sanima Bank

1,870.50

1,746.44

13

Rastriya Banijya Bank

1,770.43

2,563.21

14

Agricultural Development Bank

1,733.80

2,697.81

15

Nepal SBI Bank

1,382.07

1,422.95

16

Machhapuchchhre Bank

1,313.53

1,106.22

17

Citizens Bank International

1,181.51

1,503.23

18

Himalayan Bank

683.44

2,22898

19

Kumari Bank

481.94

1,429.20

20

NIC Asia Bank

478.70

2,163.24

Total Profit

47,794.74

48,606.76

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा, एकै वर्ष ५१५ मुद्दा दर्ता

काठमाडौं । प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी...

स्वदेशी उत्पादनलाई पर्यटकीय क्षेत्र र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै...

नवलपुरमा ८० प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies