बैंकको खबर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
गत पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.०५ प्रतिशत कम हो। गत वर्ष पुस मसान्तमा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण नाफा प्रभावित भएको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.६६ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेको छ।
बैंकले इम्पेरमेन्ट चार्ज एक वर्ष अघि १ अर्ब ७७ करोड २५ लाख रुपैयाँ रहेकोमा अहिले बढेर ३ अर्ब ९ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी पनि गिरावट आएको छ। प्रतिशेयर आम्दानी ७ रुपैयाँ १५ पैसा घटेर ९ रुपैयाँ ४५ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.२० गुणा रहेको छ।
बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३२ अर्ब ३४ करोड २० लाख रुपैयाँ सञ्चित छ।
बैंकले ५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

Leave a comment