काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले बढेर ३ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार सुन तोलाको ३ लाख ९ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४३० रुपैयाँले बढेर ७३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मूल्य हो ।

Leave a comment