बैंकको खबर । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज बुधबार ६३ दिनका लागि २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रक्रियाद्वारा उक्त रकम उठाउन लागेको हो। यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्नेछन्।
निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत १८ गते हुने राष्ट्र बैंकले जनाएको छ।
बोलपत्र पेस गर्दा बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। बहुब्याजदरमा बहुबोलकबोल गर्न समेत सकिने व्यवस्था गरिएको छ।
निक्षेप संकलनको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः आह्वान गरिएको रकमसम्म बाँडफाँड गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ

Leave a comment