बैंकको खबर । एनआईसी एशिया बैंकको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा, प्रतिशेयर आम्दानी र सञ्चालन मुनाफा घटेको छ ।
पुससम्म बैंकले १३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.५४ प्रतिशतले कम हो। गतवर्ष पुससम्म बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेकाले नाफामा गिरावट आएको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशतले घटेको छ । तर खुद फि तथा कमिशन आम्दानी ११.०७ प्रतिशत बढेको छ। यस्तै, कुल सञ्चालन आम्दानी ११.०७ प्रतिशत र सञ्चालन मुनाफा ४२.१६ प्रतिशतले घटेको छ।
खराब कर्जा बढ्दै गएपछि बैंकले ६ महिनामा इम्पेरमेन्ट चार्ज २ अर्ब ३५ करोड रुपैयाँबाट बढाएर २ अर्ब ४३ करोड रुपैयाँ व्यवस्था गरेको छ ।
बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक रहेको छ।
बैंकको प्रतिशेयर आम्दानी एक वर्ष अघिको तुलनामा २८ पैसाले घटेर १ रुपैयाँ ७६ पैसामा झरेको छ । यस्तै, बैंकको मूल्य–आम्दानी अनुपात १८८.४४ गुणा र प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा छ।
१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।
पुस मसान्तसम्म बैंकले ३ खर्ब २७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

Leave a comment