बैंकको खबर । ग्लोबल आइएमई बैंकको नाफा समान्य बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफा र प्रतिशेयर आम्दानी बढेको हो ।
पुस मसान्तसम्म बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन ंएक वर्ष अघिको तुलनामा ६.५० प्रतिशत बढी हो। गतवर्ष पुससमम बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य घटेपनि सञ्चालन मुनाफा बढेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.७४ प्रतिशत बढेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ४.६९ प्रतिशत र सञ्चालन मुनाफा १.७२ प्रतिशत बढेको छ।
बैंकको वितरणयोग्य मुनाफा भने घटेर २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४ पैसा बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ। यस्तै, प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात १३.२४ गुणा छ ।

Leave a comment