बैंकको खबर । बैंकको खबर । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुत गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशत धेरै हो । गतवर्ष ६ महिनामा बैंकले कुल ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६.६१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफ २६.९५ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएको छ। त्यस कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।
५ अर्ब रुपैयाँबराबरको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ।
पुस मसान्तसम्ममा बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ६ पैसा बढेर ३५ रुपैयाँ ४ पैसा पुगेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.९१ गुणा रहेको छ , प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ।

Leave a comment