काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से १९.८५ अंकले घटेर २,६९४.२० बिन्दुमा कायम भएको हो ।
कारोबार भएका २६० कम्पनीमध्ये २०१ वटाको शेयरमूल्य घट्दा बजारमा दबाब परेको हो । तर ५० कम्पनीको शेयरमूल्य बढेको छ भने बाँकी ९ वटाको स्थिर रहेको छ ।
कुल ९ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबरको २ करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर किनबेच भएको छ ।
आज व्यापार समूह ०.५५ प्रतिशतले बढेको छ भने अरु सबै घटेका छन् ।
बैंकिङ ०.४२, विकास बैंक ०.७५, फाइनान्स ०.४४, होटल तथा पर्यटन १.७५, जलविद्युत् १.३६ र लगानी ०.९६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा ०.५२, उत्पादन तथा प्रशोधन ०.७६, लघुवित्त ०.५७, म्यूचुअल फण्ड ०.५०, निर्जीवन बिमा ०.६३ र अन्य समूह ०.९२ प्रतिशतले घटेको छ ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी ९.७० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ५५ करोड ५२ लाख ४० हजार ७६१ रुपैयाँ बराबरको १७ लाख ४६ हजार ९२४ कित्ता शेयर किनबेच भएको छ ।

Leave a comment