काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले घटेर २ लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ६२० रुपैयाँले घटेर ४९८० मा कारोबार भइरहेको छ ।

Leave a comment