Home अर्थतन्त्र जनवरी महिनामा ९२ हजार पर्यटक भित्रिए
अर्थतन्त्रप्रमुख खबर

जनवरी महिनामा ९२ हजार पर्यटक भित्रिए

Share
Share

काठमाडौं । नेपालमा विदेशी पर्यटकको अगामन १५.७ प्रतिशतले बढेको छ । गत बर्षको जनवरी महिनामा भन्दा यस बर्षको जनवरीमा नेपाल आउने विदेशी पर्यटकको संख्या १५.७ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

यस बर्षको जनवरीमा कुल ९२ हजार ५७३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को जनवरीमा यो संख्या ८१ हजार २७३ रहेको थियो ।

जनवरी महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट जनवरी महिनामा २६ हजार ६२४ जना अर्थात २८.८ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै जनवरीमा चीनबाट दोस्रो धेरै ९ हजार १०१ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

त्यसै गरी अमेरिकाबाट ८ हजार ४०६, बंगलादेशबाट ५ हजार ८१४ जना, अस्ट्रेलियाबाट ४ हजार ९५७, बेलायतबाट ३ हजार ९७३ जना, म्यानमारबाट ३ हजार ३९६ जना, दक्षिण कोरियाबाट ३ हजार २२६ जना थाइल्याण्डबाट ३ हजार २०५ जना र भुटानबाट ३ हजार १२ पर्यटक जनवरी महिनामा नेपाल आएका छन् ।

पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ३६ हजार ३७५, एशियाका अन्य देशबाट २४ हजार १६१ जना, युरोपबाट ११ हजार ४१९ जना, अमेरिका क्षेत्रबाट ९ हजार ९५९ जना, ओसिनियाबाट ५ हजार २४७ जना जनवरी महिनामा नेपाल आएका छन् ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।...

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...

रास्वपा महाधिवेशनमा शीर्ष नेताहरूको जमघट : गगन थापादेखि राजेन्द्र लिङ्देन र बाबुराम भट्टराईसम्म भरतपुरमा

काठमाडौं । आइतबारदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको...

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies