Home प्रमुख खबर राष्ट्र बैंकले ४२ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप तान्दै
प्रमुख खबरबैंक वित्तबैंकको खबर

राष्ट्र बैंकले ४२ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप तान्दै

Share
Share

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आइतबार ४२ दिन अवधिका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। वित्तीय प्रणालीमा निरन्तर अधिक तरलता रहेकाले राष्ट्र बैंकले बोलकबोलमार्फत निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो।

हाल देशको कुल निक्षेप ७६ खर्ब रुपैयाँ नाघिसकेको छ। अधिक तरलता र ब्याजदर व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत रकम तान्दै आएको छ। यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

बोलकबोल अनलाइन खरिद प्रणालीमार्फत हुनेछ र ब्याजदर बोलकबोलकै आधारमा निर्धारण गरिनेछ। निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ साल चैत्र ८ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ हुनेछ भने अधिकतम रकम ५ करोड रुपैयाँका दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म सीमित हुनेछ। बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राख्दै क्रमशः रकम बाँडफाँट गरिनेछ।

केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन अधिक तरलता देखिएमा अधिकतम ६ महिनासम्मको अवधिका लागि दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही व्यवस्थाअनुसार राष्ट्र बैंकले पछिल्ला दिनमा पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।...

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...

रास्वपा महाधिवेशनमा शीर्ष नेताहरूको जमघट : गगन थापादेखि राजेन्द्र लिङ्देन र बाबुराम भट्टराईसम्म भरतपुरमा

काठमाडौं । आइतबारदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको...

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies