बैंकको खबर । एनआईसी एशिया बैंक लिमिटेड ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगर्ने तथा सोही अनुसारको वार्षिक वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक मा पेश गर्ने निर्णय गरेको हो।
बैंकले आर्थिक वर्ष २०७९/८० मा २९ प्रतिशत बोनस शेयर र १.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। त्यसपछि भने कुनै पनि आर्थिक वर्षमा लाभांश घोषणा गरिएको छैन।
हाल बैंक ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ।

Leave a comment