काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहदै तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको १० रुपैयाँले घटेर ५०५० मा कारोबार भइरहेको छ ।

Leave a comment