Home बैंक वित्त ऋण मिलाइदिने भन्दै घुस लिने नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा
बैंक वित्त

ऋण मिलाइदिने भन्दै घुस लिने नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा

Share
Share

२०८२ जेठ २६ गते सोमबार । 
बैंकको खबर ।  नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीले ऋण मिलाइदिने भन्दै सेवाग्राहीबाट घुस लिने गरेको पाइएपछि आयोगले उनीविरुद्ध विशेष अदालतमा तीन वटा मुद्दा दायर गरेको हो ।

अधिकारीले भुसाल हस्पिटालिटी अन्तर्गतको ¥याडिसन प्रोजेक्ट, हिमाल तराई कन्सन्ट्रक्सन र अकलादेवी टे«र्डसको नाममा ऋण उपलब्ध गराउन प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिई भ्रष्टाचार गरेका थिए । ¥याडिसन प्रोजेक्ट अन्र्तगतको एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ऋण प्रवाहमा भएको अनिमिततामा पाँच जना, हिमाल तराई कन्सट्रक्सन कम्पनीको नाममा छ करोड रुपैयाँ ऋण प्रवाह हुँदा भएको अनियमितता प्रकरणमा दुई जना र अकलादेवी टेर्डसको नाममा प्रवाह भएको २५ करोड रुपैयाँ कर्जामा अनियमितता भएको आधारमा छ जना विरुद्ध आरोपत्र दायर भएको हो । 

अधिकारी सहितका यि व्यक्तिहरुले रुपन्देही जिल्ला सिद्धार्थनगर–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको ¥याडिशन प्रोजेक्टको ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनी १९ लाख रुपैयाँ घुस लिएका थिए । 
   
 

यस्तै, अधिकारी  सहित छ जना विरुद्ध अकला देबी ट्रेडर्शलाई ऋण उपलब्ध गराउन सहजिकरण गर्ने भन्दै ५० लाख रुपैयाँ घुस खाएको आरोपमा भ्रष्टाचार सम्बन्धी अर्को मुद्दा पनि दायर भएको छ । अधिकारीले जिल्ला तनहुँ आबुँखेरेनी–१ मा रहेको अकला देबी ट्रेडर्शको ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनेर ५० लाख घुस लिएको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान सुरु गरेको थियो । 

अधिकारीले हिमाल तराई कन्सट्रक्सन कम्पनीसँग पनि ऋण मिलाइदिने भन्दै पाँच लाख रुपैयाँ घुस लिएका थिए । अधिकारीले हिमाल तराई कन्सट्रक्सन प्रालिसँग ऋण प्रक्रियमा सहजीकरण गर्ने भन्दै पाँच लाख रुपैयाँको चेक लिएको उजुरी परेको थियो । कन्सट्रक्सनले छ करोड रुपैयाँ ऋण लिन प्रक्रिया सुरु गरेपछि अधिकारीले घुस मागेका थिए । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies