काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ३२ सयले बढेर ३ लाख १३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १० हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदी तोलाको १७० रुपैयाँले बढेर ५५९५ मा कारोबार भइरहेको छ ।

Leave a comment