काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य स्थिर रहदै तोलाको ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार चाँदी तोलाको १३० रुपैयाँले बढेर ५७१५ मा कारोबार भइरहेको छ ।

Leave a comment