काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का तर्फबाट प्रधानमन्त्रीमा चयन भएका बालेन्द्र शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
शपथग्रहण समारोहका लागि शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटको शुभ साइत तय गरिएको छ । रास्वपाका वरिष्ठ नेता समेत रहेका शाह सोही समयमा औपचारिक रूपमा पदभार ग्रहण गर्ने तयारीमा छन्।
समारोहलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष बनाउने तयारी गरिएको छ । कार्यक्रमकामा ७ जना ब्राह्मणले शंखनाद गर्ने, १०८ जना बटुकले स्वस्तिवाचन गर्ने तथा १०७ जना बौद्ध लामा गुरुहरूले मंगल पाठ गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

Leave a comment