काठमाडौं । बालेन सरकार गठन भएपछिको पहिलो कारोबार दिन आइतबार ७१ अंकले घटेको शेयरबजार परिसूचक नेप्से सोमबार पनि उच्च अंकले घटेको छ ।
सोमबार नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा कायम भएको छ । जुन १.६५ प्रतिशत गिरावट हो । कुल १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँ बराबरको तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका २६८ कम्पनीमध्ये २३७ वटाको शेयरमूल्य घट्दा बजार दबामा परेको हो । बजार घटेपनि २६ कम्पनीका शेयरधनीले कमाएका छन भने पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आजको कारोबारमा सबै समूह घटेका छन् । रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाईड्रोपावर लिमिटेड, रिजलाईन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै सोलु हाईड्रोपावर लिमिटेडको सेयर मूल्य ७.७९ प्रतिशतले घटेको छ ।

Leave a comment