काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलाको ३६ सयले घटेर २ लाख ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको १६५ रुपैयाँले घटेर ४७८० मा कारोबार भइरहेको छ ।

Leave a comment