काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । उक्त बैठकमा तीन वटा अध्यादेश स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै, राष्ट्रियसभाको बैठक आजै अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्नेछ । सो बैठकमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

Leave a comment