नयाँदिल्ली । भारतीय रिजर्भ बैंक (आरबीआई) को मौद्रिक नीति समिति (एमपीसी) को तीन दिने बैठक आजदेखि सुरु भएको छ। बैठकले ब्याजदर यथावत् राख्ने सम्भावना उच्च रहेको बताइएको छ।
एसबीआई रिसर्चको पछिल्लो प्रतिवेदनअनुसार विश्वव्यापी अनिश्चितता र कच्चा तेलको मूल्यमा आएको वृद्धिका कारण आरबीआई तत्कालै रेपो दर परिवर्तन गर्ने पक्षमा देखिएको छैन। यसअघि फेब्रुअरीमा बसेको बैठकले पनि ब्याजदर यथावत् राखेको थियो। हाल रेपो दर ५.२५ प्रतिशतमा कायम छ।
एसबीआई अनुसन्धान प्रतिवेदनले इजरायल र इरानबीच बढ्दो द्वन्द्वले सम्पूर्ण विश्वलाई अशान्तिमा पारेको उल्लेख गरेको छ । हर्मुजको जलडमरूम बन्द हुने जस्ता परिस्थितिले १९७३ पछि विश्वव्यापी तेल बजारमा सबैभन्दा ठूलो अवरोध पुर्याएको छ।
मध्यपूर्वमा युद्ध सुरु भएदेखि यो पहिलो नीति समीक्षा हो, त्यसैले आरबीआईले सावधानीपूर्वक अगाडि बढ्ने बताएको छ।

Leave a comment