Home अर्थतन्त्र सामाजिक सुरक्षासम्बन्धी व्यवस्था पालना गर्न मन्त्रालयको आग्रह
अर्थतन्त्रप्रमुख खबर

सामाजिक सुरक्षासम्बन्धी व्यवस्था पालना गर्न मन्त्रालयको आग्रह

Share
Share

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ तथा प्रचलित कानुनअनुसार प्रदान गर्नुपर्ने न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न सबै रोजगारदाताहरूलाई आग्रह गरेको छ ।

सोमबार जारी विज्ञप्तिमा मन्त्रालयले ऐनविपरीत न्यूनतम पारिश्रमिक वा अन्य सुविधाबाट वञ्चित गराएको पाइएमा कानुनी कारबाही गरिने स्पष्ट पार्दै सम्बन्धित सबै प्रतिष्ठान, संस्था तथा सरोकारवालाहरूलाई स्वेच्छाले कानुनको पालना गर्न अनुरोध गरेको छ।

श्रम ऐन, २०७४ को दफा १८ को उपदफा (३) अनुसार तालिमको रूपमा कार्यरत व्यक्तिहरूलाई रोजगारदाताले कम्तीमा न्यूनतम पारिश्रमिकसहित बिरामी बिदा, उपदान, सञ्चयकोष, बिमा लगायतका सामाजिक सुरक्षाका सुविधाहरू उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिमी श्रमिकका रूपमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी, साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूले तोकिएको न्यूनतम पारिश्रमिक र सुविधा नपाएको सम्बन्धी उजुरी प्राप्त भएको उल्लेख गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।...

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...

रास्वपा महाधिवेशनमा शीर्ष नेताहरूको जमघट : गगन थापादेखि राजेन्द्र लिङ्देन र बाबुराम भट्टराईसम्म भरतपुरमा

काठमाडौं । आइतबारदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको...

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies