काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा। आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान गरिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको हो । उच्च स्रोतका अनुसार विभागले केही दिनअघि नै अदालतबाट पक्राउ पुर्जीको प्रक्रिया पूरा गरेको थियो ।
अदालतले पक्राउ अनुमति दिए पनि देउवा दम्पती हाल नेपालमा नभएका कारण पुर्जी कार्यान्वयन हुन सकेको छैन । स्रोतले भन्यो, ‘अदालतबाट पक्राउ अनुमति प्राप्त भइसकेको छ, तर उहाँहरू हाल देशबाहिर रहेकाले तत्कालै नियन्त्रणमा लिन सकिएको छैन ।’
देउवा दम्पती केही समयदेखि स्वास्थ्य उपचार र अन्य सिलसिलामा विदेशमा रहँदै आएका छन् । उनीहरू फर्किएलगत्तै प्रक्रिया अघि बढ्ने विभागले जनाएको छ ।

Leave a comment