काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको २२ सयले बढेर २ लाख ९६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९४ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ८५ रुपैयाँले बढेर ४९६० मा कारोबार भइरहेको छ ।

Leave a comment