बैंकको खबर । सानिमा बैंकले डिजिटल कारोबार प्रवर्धनलाई निरन्तरता दिँदै बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन गरेको छ। बैंकका अनुसार ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र अघिल्लो अभियानको सफलतालाई मध्यनजर गर्दै यो योजना फेरि सुरु गरिएको हो ।
अभियान अन्तर्गत बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवामार्फत बस टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा पाउनेछन् । नेपालभित्र यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म तथा भारत यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यो योजना २०८३ साल वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू रहनेछ ।
सानिमा बैंकले यस अभियानमार्फत डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई थप प्रोत्साहन गर्ने र ग्राहकलाई सहज तथा लाभदायक सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । बैंकले नगदरहित अर्थतन्त्र निर्माणमा टेवा पुर्याउने उद्देश्यले यस्ता क्यासब्याक योजना तथा विभिन्न छुटहरू नियमित रूपमा ल्याउँदै आएको छ ।
यसका अतिरिक्त, सानिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, होटल, रेस्टुरेन्ट तथा अन्य व्यापारिक प्रतिष्ठानहरूमा पनि आकर्षक छुट सुविधा लिन सक्नेछन् । हाल सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Leave a comment