काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको २९ सयले बढेर ३ लाख २ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९९ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदी तोलाको १५५ रुपैयाँले बढेर ५२२० मा कारोबार भइरहेको छ ।

Leave a comment