काठमाडौं । मिड-साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी रोयल इनफिल्डले नेपालमा २०२६ एडिसन गोवन क्लासिक ३५० सार्वजनिक गरेको छ । बोबर-इन्स्पायर्ड डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने शैलीसँगै राइडर(केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
नयाँ मोडलमा ३४९ सीसी एयर(आयल कुल्ड सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ६१ सय आरपीएममा २०.२ बीएचपी पावर र ४ हजार आरपीएममा २७एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार यो इन्जिनलाई लिड ब्याक बबर स्टाइलअनुरूप स्मुथ र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा ट्युन गरिएको छ । यसको ५-स्पिड गियरबक्सले सहरको भीडभाडदेखि खुला राजमार्गसम्म सहज गियर परिवर्तन र आरामदायी यात्राको अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
लन्चका अवसरमा अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले नेपालका राइडरहरू माझ यो मोडलले विशेष आकर्षण पाउने विश्वास व्यक्त गरे । उनका अनुसार गोवन क्लासिक ३५० ले स्वतन्त्र जीवनशैली रुचाउने राइडरहरूका लागि ब्रान्डको लाइन अपमा फरक पहिचान बनाउनेछ । यो मोडल नेपालभरिका सबै आधिकारिक रोयल इनफिल्डको शो रुमहरुमा उपलब्ध हुनेछ ।
कम्पनीले दुई भेरियन्टमा सार्वजनिक गरेको मोटरसाइकलको मूल्य ५ लाख ९८ हजार र ६ लाख २ हजार रुपैयाँ तोकेको छ । सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इनफिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो ।

Leave a comment