काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ३ हजारले घटेर २ लाख ९९ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको १२० रुपैयाँले घटेर ५१३० मा कारोबार भइरहेको छ ।

Leave a comment