Home कर्पोरेट सान्भि इनर्जीको आईपीओ आजबाट खुल्ला
कर्पोरेटबैंक वित्त

सान्भि इनर्जीको आईपीओ आजबाट खुल्ला

Share
Share

२०८२ जेठ ९ गते शुक्रबार । 

बैंकको खबर । सान्भि इनर्जी लिमिटेडले आज (जेठ ९ गते शुक्रबार)देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 

सान्भिले आफ्नो जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशत (८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता) आइपीओ आयोजना प्रभावितका स्थानीयलाई बिक्री गरिसकेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता साधारण सेयर बिक्री गरिसकेको छ । 

आजबाट निष्काशन हुने आईपीओमा सर्वसाधारणले जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म कम्पनीले माग गरेजति बिक्री नभएमा निष्काशन अवधि जेठ २३ गतेसम्म लम्बिनेछ । 

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्काशनका लागि केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies