Home बैंक वित्त मेरो माइक्रोफाइनान्सले दियो कर्मचारीलाई क्षमता अभिवृद्धि प्रशिक्षण
बैंक वित्तलघुवित्त

मेरो माइक्रोफाइनान्सले दियो कर्मचारीलाई क्षमता अभिवृद्धि प्रशिक्षण

Share
Share

२०८२ वैशाख २३ गते मंगलबार । 

बैंकको खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले फिल्डमा कार्य गर्ने कर्मचारीहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण तालिम दिएको छ । 

बाँके जिल्लामा सम्पन्न भएको सो कार्यक्रममा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा कार्यरत ८६ जना कर्मचारीहरुलाई २ दिने प्रशिक्षण दिएको हो ।
 

तालिमको समापन समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीहरुको सुझाब तथा गुनासो सम्बोधन गर्दै वर्तमान अवस्थामा फिल्डमा कर्मचारीहरुको असिमित तनाव चरम उत्कर्षमा रहेको तथा सम्भावित जोखिमहरूलाई सहज र दिगो ढंगले व्यवस्थापन गर्न यस तालिमले सहयोग पुग्ने विश्वास लिइएको बताए । 

सो तालिम अन्तर्राष्ट्रिय मोटिभेश्नल स्पीकर सौनक भट्ट, श्रवणकुमार सपोर्ट प्रा लिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल, संस्थाका तालिम विभाग प्रमुख उमेशमान डंगोलले सहजीकरण गरेका थिए । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहालको पनि उपस्थिति थियो ।

देशभरका आफ्ना कर्मचारीहरुलाई दक्ष र कार्य सम्पादनमा सहयोग पुगोस् भनेर वैशाख महिनाभर विभिन्न स्थानमा तालिम दिइरहेको लघुवित्तले जनाएको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies