Home बैंक वित्त कर्जा विस्तार सुस्त भएपछि बैंकिङ प्रणालीमा थुप्रियो तरलता, राष्ट्र बैंकले ५० अर्ब तान्दै
बैंक वित्त

कर्जा विस्तार सुस्त भएपछि बैंकिङ प्रणालीमा थुप्रियो तरलता, राष्ट्र बैंकले ५० अर्ब तान्दै

Share
Share

२०८२ वैशाख २१ गते आइतबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ तान्ने भएको छ । 

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरेर आज बैंक तथा वित्तीय संस्थाहरुबाट २१ दिन अवधिका लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो । 

निक्षेप दिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले आज  दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । 

सो निक्षेपको साँवा र ब्याज भुक्तानी आगामी जेठ ११ गते हुनेछ । 

निक्षेपको ब्याजदर भने बोलकबोल बाट निर्धारण हुने केन्द्रीय बैंकले जनाएको छ । 

 बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकमसम्म माग गर्न सक्नेछन् । 

यसअघि वैशाख १७ गते पनि केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ निक्षेप तान्न माग गरेको थियो । त्यसदिन बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ निक्षेप राख्न आवेदन दिएका थिए । जसेको औसत ब्याजदर २.८५ प्रतिशत निर्धारण भएको थियो । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies