Home अन्तर्राष्ट्रिय भारतले आईएमएफ बोर्डबाट आफ्नो कार्यकारी निर्देशक डा. कृष्णमूर्तिलाई हटायो
अन्तर्राष्ट्रियबैंक वित्त

भारतले आईएमएफ बोर्डबाट आफ्नो कार्यकारी निर्देशक डा. कृष्णमूर्तिलाई हटायो

Share
Share

२०८२ वैशाख २१ गते आइतबार । 

नयाँदिल्ली । भारत सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा भारतको कार्यकारी निर्देशकको रूपमा डा. कृष्णमूर्ति सुब्रमण्यमको सेवा तत्काल लागू हुने गरी खारेज गरेको छ। 

कृष्णमूर्तिको तीन वर्षे कार्यकाल समाप्त हुनुभन्दा ६ महिना अगाडि, ३० अप्रिल २०२५ मा भारतले यो निर्णय लिएको थियो । 

मे २ सम्म आईएमएफको आधिकारिक वेबसाइटमा कार्यकारी निर्देशकको रूपमा डा. सुब्रमण्यमको नाम उल्लेख थियो, तर मे ३ देखि यो पदमा उनको नाम हटाइएको छ ।

सुब्रमण्यमलाई अगस्ट २०२२ मा आईएमएफ बोर्डमा कार्यकारी निर्देशकको रूपमा नियुक्त गरिएको थियो। त्यसअघि उनी २०१८ देखि २०२१ सम्म भारत सरकारको १७ औँ प्रमुख आर्थिक सल्लाहकार थिए।

मन्त्रिपरिषद्को नियुक्ति समितिले अप्रिल ३० मा जारी गरेको आदेशमा कृष्णमूर्तिको सेवा तत्काल लागू हुने गरी समाप्त गर्ने निर्णयलाई अनुमोदन गरेको छ। 

भारत सरकारले यसको पछाडि कुनै आधिकारिक कारण भने दिएको छैन।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि, आधार दर २.७५ प्रतिशत कायम

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्ष भन्दा लामो समय पछि...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

इरान वार्तामा नफर्किए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies