Home बैंक वित्त तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्यो कारबाही
बैंक वित्त

तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्यो कारबाही

Share
Share

२०८२ वैशाख ११ गते बिहीबार । 

बैंकको खबर । नियम विपरित कायम गर्ने तीन वटा विकास बैंक र दुई वटा फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, पोखरा फाइनान्स र जानकी फाइनान्सलाई राष्ट्र बैंकले कारबाही गरेको हो । 

मुक्तिनाथ विकास बैंकका तत्कालिन सञ्चालक समिति अध्यक्ष भरतराज ढकाललाई संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएको भन्दै कारबाही गरेको हो । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष सञ्चालक समिति बाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उप–समितिमा समावेस हुन नपाउने व्यवस्था छ । सो व्यवस्था उल्लङ्घन गरेकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।  
 

नारायणी डेभलपमेन्ट बैंकले पनि नियामकीय निर्देशन उल्लङ्घन गर्ने कार्य बन्द गर्न सञ्चालक समितिलाई राष्ट्र बैंकले लिखित आदेश गरिएको जनाएको छ । नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त सूचीबाट हटाउँदा तोकिएको चुक्तापुँजी पु¥याउन र  प्राथमिक पुँजीको बढीमा १० प्रतिशत मात्रै एकलकर्जा कायम गर्न निर्देशन दिएकोमा सो पालना नभएपछि राष्ट्र बैंकले निर्देशन नै जारी गरेको जनाएको छ । 

सालपा विकास बैंकले पनि तोकिएको न्यूनतम चुक्तापुँजी पु¥याउन नसकेको र यसअघिका निर्देशनहरु कार्यान्वयन नगरेको पाइएपछि सञ्चालक समितिलाई नसिहत दिएको छ । 

पोखरा फाइनानसका प्रमुख कार्यकारी अधिकृत पूर्वसीईओ रविचन्द्र गुरुङले पनि आफ्नो जिम्मेवारी पुरा नगरेको र स्पष्टिकरण चित्तबुझ्दो नदिएको भन्दै ऐनअनुसार ५ लाख रुपैयाँ जरीवाना गरेको छ । यस्तै फाइनान्सको निष्क्रिय कर्जा ३३÷३४ प्रतिशत पुगेको र न्यूनतम पुँजीकोस समेत कायम नगरेको भन्दै ६ महिनाभित्र कायम गर्न निर्देशन दिएको छ । 

यसैगरी, जानकी फाइनान्स लिमिटेडलाई पनि न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको भन्दै शिघ्र सुधारात्मक कारबाही गरेको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies