काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार सुन तोलामा दुई लाख ९० हजार ७०० सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर चार हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a comment