काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ग’ जारी गर्ने भएको छ।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन् । आज मध्याह्न ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल हुनेछ र सोही प्रक्रियाबाट ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ ।
एक वर्षे अवधिको यो ऋणपत्रको साँवा २०८४ असार १९ गते भुक्तानी हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिनेछ।
न्यूनतम ५ करोड रुपैयाँदेखि, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। उक्त ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।

Leave a comment