काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला सात हजार दुई सय रुपैयाँ बढेको छ । सुनको मूल्य दुई लाख ९० हजार ७०० सय रुपैयाँ पुगेको छ । बिहीबार सुन तोलामा दुई लाख ८३ हजार ५०० सय रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, चाँदी पनि तोलाको एक सय ६५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी तोलाको चार हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a comment