Home अर्थतन्त्र नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कारोबार २४ प्रतिशत बढ्यो
अर्थतन्त्रबैंक वित्त

नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कारोबार २४ प्रतिशत बढ्यो

Share
Share

२०८१ चैत १८ गते सोमबार । 

बैंकको खबर । नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१को वार्षिक प्रतिवेदनअनुसार यस्तो शंकास्पद कारोबार २४ प्रतिशत बढेको देखिन्छ । आर्थिक वर्ष २०७९/८०मा यस्तो शंकास्पद कारोबारको संख्या पाँच हजार ९३५ रहेकोमा आर्थिक वर्ष २०८०/८१मा सात हजार ३३८ पुगेको छ । 

अधिकांश शङ्कास्पद कारोबार/गतिविधि प्रतिवेदनहरू कर छलीसम्बन्धी, मौद्रिक/बैंकिङ्ग/विदेशी विनिमेय/बीमा/सहकारी सम्बन्धी, ठगीसम्बन्धी, चिठ्ठा/जुवा/सट्टेबाजीलगायत सम्बद्ध कसुरसँग सम्बन्धित छन् । 

सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोर्टिङ्गका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्थाहरू, कानून कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा सङ्ख्या एक हजार ६३९ पुगेको छ । 

 

सूचक संस्थाहरूले इकाईमा पेस गरेको सीमा कारोबारको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा १६ लाख ९८ हजार ३९८ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा सो सङ्ख्या १६ लाख ९७ हजार ७१२ रहेको छ । 

शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये गत वर्षभन्दा ३४ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०८०/८१ मा जम्मा विश्लेषण भएको सङ्ख्या एक हजार ६३२ पुगेकोमा सो मध्ये ८८९ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने÷अनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरिएको छ । सो मध्ये ७४६ वटा प्रतिवेदन इकाईलेभविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ ।

सन् २०२३ मा नेपालको तेस्रो चरणको पारस्परिक मूल्यांकन सम्पन्न भई एक वर्षकोअवलोकन अवधिमा नेपालले गरेका विविध सुधारका कार्यहरू र हाल नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) ले थप अनुगमनको सूचीमा राखेपछि नेपालले सोबाट बाहिरिन तथा समयबद्ध कार्ययोजनाको कार्यान्वयनका सन्दर्भमा गरिरहेका प्रयासबारे समेत प्रकाश पारिएको छ । 

सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा इकाईले गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी कार्यहरू प्रतिवेदनमा प्रस्तुत गरिएको छ । 

सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराधमा नेपालमा प्रयोग भइरहेका सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीसम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति जस्तैः हुण्डी, साइबर ठगी, अनलाइन अवैध खेल, अभौतिक सम्पत्ति, कर छली, भ्रष्टाचार, आयात तथा निर्यातको माध्यमबाट हुने सम्पत्ति शुद्धीकरणलगायतका विषयहरू वार्षिक प्रतिवेदनमा समावेश गरिएको छ ।

 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा, एकै वर्ष ५१५ मुद्दा दर्ता

काठमाडौं । प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी...

स्वदेशी उत्पादनलाई पर्यटकीय क्षेत्र र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै...

नवलपुरमा ८० प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies