Home पुँजी बजार सेयरबजार २९.८२ अंकले बढ्यो
पुँजी बजारबैंक वित्त

सेयरबजार २९.८२ अंकले बढ्यो

Share
Share

२०८१ चैत १७ गते आइतबार । 
सेयर खबर । सेयरबजार आज बढेको छ । कारोबार मापक नेप्से परिसूचक २९.८२ अंकले बढेर २६९३.१२ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि बढेको छ । सात अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये २२२ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । तर २२ वटा कम्पनीका सेयरधनीले आज गुमाएका छन् । 

सूचीकृत १३ समूहमध्ये म्युचुअल फण्ड र व्यापार समूह घटेका छन् । बाँकी सबै समूह बढेका छन् । सबैभन्दा धेरै लगानी समूह २.१८ प्रतिशत बढेको छ । त्यसपछि अन्य समूह २.०८ प्रतिशत, फाइनान्स समूह २.०१, जलविद्युत १.५४, होटल तथा पर्यटन १.४१ प्रतिशत बढेको छ । यस्तै बैंकिङ र विकास बैंक समूह ०.८२ प्रतिशत, जीवन बीमा ०.८५, उत्पादन तथा प्रशोधन ०.५८, लघुवित्त ०.६२ र निर्जीवन बीमा ०.७८ प्रतिशत बढेको छ ।

जोशी हाइड्रो पावरको सेयरमूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशत बढेको छ । प्रभु स्मार्ट फण्डको इकाइमूल्य सबैभन्दा धेरै ५.७९ प्रतिशत घटेको छ । 

हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै ६९ करोड १९ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बजार पुँजीकरण ४४ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies