Home अन्तर्राष्ट्रिय म्यानमार भूकम्प : १० हजार जनाको मृत्युको आशंका, ८०० जनाको मृत्यु पुष्टि
अन्तर्राष्ट्रिय

म्यानमार भूकम्प : १० हजार जनाको मृत्युको आशंका, ८०० जनाको मृत्यु पुष्टि

Share
Share

२०८१ चैत १६ गते शनिबार । 

अन्तर्राष्ट्रिय । म्यानमारमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने बताइएको छ। यो आशंका संयुक्त राज्य भूगर्भ सर्वेक्षणले व्यक्त गरेको छ। भूकम्पको धक्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो।

ब्लूमबर्गका अनुसार म्यानमारको सैन्य सरकारले शनिबार बिहानसम्म ८०० भन्दा बढी मानिसको मृत्यु भएको र २००० भन्दा बढी घाइते भएको बताएको छ। 

अर्कोतर्फ, थाइल्याण्डको राजधानी बैंककमा ३० तले भवन भत्किएको छ। यसमा १० जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब १२ बजे म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको छ। यो २०० वर्षमा म्यानमार र थाइल्याण्डमा गएको सबैभन्दा ठूलो भूकम्प हो।

ठूलो विनाशका कारण म्यानमारका ६ राज्य र सम्पूर्ण थाइल्याण्डमा आपतकाल लगाइएको छ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि, आधार दर २.७५ प्रतिशत कायम

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्ष भन्दा लामो समय पछि...

इरान वार्तामा नफर्किए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य...

वार्तामा नआए अर्को सातादेखि इरानका विद्युत केन्द्र र पुलहरूमा आक्रमण गर्ने ट्रम्पको कडा चेतावनी

काठमाडौं । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन...

अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज जलघाँटी नखुल्ने इरानको चेतावनी

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies