Home बैंक वित्त डिजिटल वित्तीय कारोबार गर्दा सतर्कता अपनाउन गभर्नर अधिकारीको आग्रह
बैंक वित्त

डिजिटल वित्तीय कारोबार गर्दा सतर्कता अपनाउन गभर्नर अधिकारीको आग्रह

Share
Share

२०८१ चैत ४ गते सोमबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय कारोबारको विस्तारसँगै चुनौती थपिएको बताउँदै डिजिटल माध्यमको प्रयोग गर्दा सतर्कता अपनाउन आह्वान गरेका छन् । सोमबार काठमाडौंमा ‘ग्लोबल मनी विक – २०२५’को शुभारम्भ गर्दै गभर्नर अधिकारीले डिजिटल माध्यमको प्रयोगमा ध्यान दिन आग्रह गरेका हुन् । 

गभर्नर अधिकारीले आफ्नो आवश्यकताका आधारमा वित्तीय सेवाहरू छनोट गर्न पनि सुझाव दिएका छन् । उनले भने, ‘बैंक तथा वित्तीय संस्थाका आ–आफ्नै ‘प्रडक्ट’ हुन्छन् । बचत र कर्जाका फरक–फरक सर्त र ब्याजदर हुन्छन् । आपूmलाई उपयुक्त हुने प्रडक्ट मात्र छनोट गर्नुपर्छ ।’

आजदेखि चैत १० गतेसम्म सञ्चालन हुने ‘ग्लोबल मनी विक – २०२५’ अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडबाट अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम सञ्चालन हुनेछन् ।

साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies